Techie IT
आईतबार, वैशाख ७,२०८२

सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर


काठमाडौँ, पुस २१  गते । आज सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।

यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य २ हजार रुपैयाँले बढेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य आज गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चाँदीको भने स्थिर, #सुनको मूल्य घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545