निःशुल्क खाद्य सामग्री वितरण

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेको मानव कल्याण समाज भक्तपुरलाई खाद्य सामग्री वितरण गरिएको छ ।
असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्य सामग्री उपलब्ध हुन नसकेको अवस्थामा महानगरीय प्रहरी कार्यालय काठमाडौँको विशेष पहल एवं विभिन्न बैंकसँगको सहकार्यमा सोमबार निःशुल्क खाद्य सामग्री वितरण गरिएको हो ।
यहाँ आश्रित ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते करिडोर थिमि चारदोबाटोमा बस्दै आएका २० र सल्लाघारीमा बस्दै आएका १२ दैनिक ज्यालादारी मजदुरलाई खाद्य सामग्री वितरण गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
मुलुक लकडाउनको यस विषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुनसक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानवसेवाको उद्देश्यले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर सञ्चालन गरिने पोखरेलले बताउनुभयो । यस अवधिभर उपत्यकामा अवस्थित कोही कसैले खाद्य सामग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नं १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #निःशुल्क खाद्य सामग्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्