Techie IT
शुक्रबार, चैत्र २८,२०८१

भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न


उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ९भर्टिकल शाफ्ट० पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।

भोटेकोशी गाउँपालिका ३ र ४ हिन्दीमा ड्याम र चाकुमा पावर हाउस रहने छ । निर्माणाधीन सो आयोजनाको ८० मिटर ठाडो शाफ्टको सफलता मिलेको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिनुभयो । उक्त शाफ्टको अन्तिम ब्रेक थु भएसँगै निर्माण कार्यले सार्थकता मिलेको उहाँले बताउनुभएको छ।

एक वर्षअघिबाट सुरु भएको उक्त आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । अबको एक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम भईरहेको प्रमुख पराजुलीले थप्नु भयो । सुरुङ मार्गको भौतिक प्रगति ५५ दशमलव ८७ रहेको छ ।

हेडर्वक्स ५२ प्रतिशत निर्माण सकिएको छ । ईन्टरटनेल भौतिक प्रगति ४१ दशमलव ३६ रहेको छ । अटिटबाट अपस्ट्रि र डाउन स्ट्रिम भौतिक प्रगति ३६ दशमलव २८ प्रतिशत पुगेको छ । ड्यामबाट पावरहाउससम्म २६०० मिटर दुरी रहेको छ । आगामी डेढ बर्षभित्र उक्त आयोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ ।

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545