Techie IT
शुक्रबार, चैत्र २८,२०८१

नुवाकोटको कुण्डला आधारभूत विद्यालयका १०५ जना विद्यार्थीलाई पोसाक, झोला तथा शैक्षिक सामाग्री वितरण


१५ पुस, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहले नुवाकोटस्थित कुण्डला आधारभूत विद्यालयमा १०५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिर्सट, टोपी, झोला र कपि, कलम, सिकाकलम र कलर वितरण गरेको छ । क्लव अध्यक्ष सुशान्त न्योपानेसहित लायन्स क्लवका पदाधिकारीहरु, नागरिक सचेतना समाज नेपालका सदस्यहरु, समाजसेवी, शुभकामना स्कुलका प्रचार्य कुमार ढकाल, मनकामना फुड प्रोडक्टका प्रबन्ध निर्देशक विष्णु पौडेल लगायतले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी यूवाहरुले कपि, कलम, पेन्सिल र कलर उपलब्ध गराएका थिए ।

क्लव अध्यक्ष सुशान्त न्यौपानेकाअनुसार नागरिक सचेतना समाज नेपाल, तारकेश्वर ४ मा रहेको सृजना ज्ञानसागर सेकेण्डरी स्कुल, समाजसेवी बिनोद चापागाई, रामकुमार थापा, व्यवसायी होम बोगटी, फ्लोरोसेन्ट मा।वि।का प्राचार्य तथा समाजसेवी कमलप्रसाद न्यौपाने सहितले १०५ थान ट्रयाकसुट र टिर्सट उपलब्ध गरेका थिए । फ्लोरोसेन्ट मा।वि।का प्राचार्य कमलप्रसाद न्यौपानेले आमा स्वर्गीय घनकुमारी न्यौपानेको स्मृतिमा सहयोग गर्नुभएको थियो । त्यस्तै तारकेश्वर ९ मा रहेको शुभकामना इङलीस बोडिङ स्कुलले ५० थान झोला उपलब्ध गराएको थियो । त्यस्तै मनकामना फुड प्रोडक्टले १६० थान न्यानो टोपी उपलब्ध गराएको थियो ।

शनिबार विद्यालयमा भएको एक औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले सहयोगी हातहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अन्य विद्यालयहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं शुभआरम्भका अध्यक्ष, नागरिक सचेतना समाज नेपालका महासचिव तथा फरकपत्र द्धैमासिक पत्रिकाको प्रकाशक रामशरण न्यौपाने ९सुशान्त०ले फरकपत्रको १२ औँ वार्षिकोत्सवको अवसरमा केक काटेर विद्यार्थीहरुसँग खुसियाली साटेका थिए । ११ औँ वार्षिकोत्सवको अवसरमा फरकपत्रले काठमाडौंमा एक विशेष कार्यक्रम गरी एसईई र एसएलसीमा उत्कृष्ट जीपीए ल्याउने तारकेश्वरमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका पूर्व विद्यार्थी तथा लायन्स क्लव अफ काठमाडौं शुभआरम्भका अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त०ले आफुले पढेको विद्यालयमा उपस्थित भएर सहयोग गर्न पाउँदा खुसीको लागेका बताएका थिए । न्यौपानेले भने विद्यार्थी र विद्यालयले गरेको न्यानो स्वागत, सत्कारलाई सँधै सम्झिरहने छौँ । उनले मानव भएर जन्मिएपछि जीवनमा सबैले केही न केही मानव सेवा गर्नुपर्ने बताए । न्यौपानेले कोरोना महामारी, महाभूकम्प र बाढिपीडितमा पनि राहत वितरण कार्य गरेको बताएका छन् ।

कार्यक्रममा सूर्यगढी–४ का वडाअध्यक्ष रामशरण राईले अभिभावकहरुले विद्यार्थीहरु रेगुलर विद्यालय गएरनगएको अनुगमन गर्न आवश्यक छ । शिक्षक र विद्यालय प्रसासनले पनि विद्यार्थीहरु दैनिक आएकोरनआएको सूचना राख्नुपर्ने बताए । लायन्स क्लव अफ काठमाडौं शुभआरम्भका संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठले यस वर्षका क्लव अध्यक्ष सुशान्त न्यौपानेले सक्रियतापूर्वक उत्कृष्ट कार्यहरु गरेकोमा प्रशंसा गरे । क्लवले यस वर्ष सरसफाई र शैक्षिक सामाग्री वितरणमा जोड दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफैँले पढेको विद्यालयमा आई विद्यालय पोका, झोला, टोपी र स्टेशनरी सामाग्री सहयोग गरेकोमा क्लवका अध्यक्ष सुशान्त न्यौपानेप्रति आभार प्रकट गरे । विद्यालयका प्राचार्य प्रलाद भट्टराईले स्वागत मन्तव्य दिएका थिए । भट्टराईले विद्यालयका शिक्षकहरुको सहयोगमा विद्यार्थीहरुलाई जुत्ताको व्यवस्था गरिने जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545