अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न निर्देशिका तयार पार्न लागेको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्नका लागि भन्दै रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको हो । निर्देशिका बनाउनका लागि मन्त्रालयले डा।दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ ।
समितिमा दीपकराज सापकोटा, डा।सुनिता मलेकु, डा।मेरिना श्रेष्ठ, डा।अरुण कुँवर सदस्य हुनुहुन्छ । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकेको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनुपर्ने छ । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गरिने छ ।
समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरू तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालको जनगणना २०७८ अनुसार चार हजार ८८४ जनामा अटिजम भएको छ । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।
अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरूसँगसमेत मन्त्री पौडेलले अन्तरक्रिया गर्दै चाल्नुपर्ने कदमका बारेमा रायसुझाव सङ्कलन गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्