मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन

म्याग्दीको मालिका गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतमा राखेर थप बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १६ औं अधिवेशनले चालु आर्थिक वर्ष २०८१(०८२ को लागि दुई करोड ७२ लाख रुपियाँ थप बजेट विनियोजन गरेको हो ।
गत आर्थिक वर्षमा खर्च नभएर बाँकी रहेको अल्या बजेट दुईकरोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको एक करोड २० लाख मध्य खर्च नभएको गाउँपालिकाको लागत सहभागिता समपुरक कोषको ६० लाख गरी एक करोड ७२ लाख रुपियाँलाई विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
गाउँसभाले दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि ५८ लाख रुपियाँ, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षण १० लाख रुपियाँ विनियोजन भएको छ ।
यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप आठ लाख, ओखरबोट मावि अस्थायी भवन निर्माण २० लाख र हिमाली युवा क्लब स्टेज तथा भवन निर्माणमा १४ लाख रुपियाँ विनियोजन भएको छ ।
गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१(०८२ देखि आव ०८५(८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१(८२ देखि आव ०८५(८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो ।
त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
चालु आवमा कुल ४७ करोड ९१ लाख ७६ हजार बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्