जनकपुरले मधेशको आठै जिल्लामा एनपीएलको ‘ट्रफी परेड’ गर्दै

हेटौंडा । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको सबै आठ जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।
बिहीबार आफ्नो अफिसियल फेसबुक पेज मार्फत जनकपुरले ४ दिन लामो ‘ट्रफी परेड’ को बारेमा जानकारी दिएको हो ।
शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।
‘ट्रफी परेड’को लागि अहिले जनकपुरले आफ्नो ट्रफिलाई व्यवस्थापनको लागि हेटौँडामा बसेर साजसज्जाको काम गरिरहेको छ । गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #जनकपुरले मधेशको आठै जिल्लामा एनपीएलको ‘ट्रफी परेड’ गर्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्