Techie IT
शनिबार, वैशाख ६,२०८२

कास्की अदालतमा रविको बयान सुरु


लेखनाथ, पुस ११ गते । जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएपछि सोमबारबाट बयान सुरु भएको थियो । यसअघि गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र लीला पछाईको बयान भइसकेको छ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बयान सुरु भएको जानकारी दिनुभयो । “लीला पछाईको बयान सकिएर अहिले रावि लामिछानेको बयान जारी छ ।” अहिले हिरासतमा रहनुभएका सात जनाको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र आरती गुरुङ अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएका छन् । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कास्की अदालतमा रविको बयान सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545