वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक

२७ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदुषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए ।
उनले भने, ‘पहिलो कुरा हामीले देशको वायु प्रदुषणको श्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्न आवश्यक छ । विशेषगरी मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने छ । जलवायु प्रदुषण र वायु प्रदुषणको असर आजको मात्र नभएर भविष्यको पुस्ताको लागि पनि महत्वपूर्ण छ । त्यसैले हामीले आजै देखि यस विषयमा गम्भिर कदम चाल्नुपर्ने छ । जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ ।’
उनले सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए ।
उनले भने, ‘सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरु अगाडि बढाएको छ ।’
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्