एनपीएलमा कर्णालीको तेस्रो जित

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।
पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।
चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।
पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।
बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।
५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ । ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित छैटौं स्थानमा छ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #एनपीएलमा कर्णालीको तेस्रो जित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्