होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं

काठमाडौं, फाल्गुन – होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा रहेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको इभेण्ट कम्पनी ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोजले जानकारी दिए । ओझाले अन्तर्राष्ट्रिय नारी दिवसका साथसाथै होली पर्वको अवसर पारेर सो इभेण्ट आयोजक गर्न लागिएको स्पष्ट समेत पारे ।
संस्था र कार्यक्रम बारे प्रकाश पार्दै उनले भने ‘ग्लोरी मिडियाले हालसम्म ८ वटा टेलिभिजन कार्यक्रम प्रस्तुत गरिसकेको छ भने वृत्तचित्र निर्माण, बिज्ञापन निर्माण, देशका १४ वटा स्याटलाईट च्यानलहरुबाट प्रत्यक्ष प्रसारण लगायतको क्षेत्रमा कार्य गरेको छ, अब हामीले इभेण्ट क्षेत्रमा पनि केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्दैछौ ।
‘ यसैगरि, करिब ३० जना जेण्टस र लेडिजहरु सन्देशमुलक विभिन्न थिम लिएर र्याम्पमा उत्रने इभेण्ट कोरियोग्राफर केडी भट्टराईले जनाए । ग्लोरी मिडियाले हाल एनटिभी न्युजबाट सचेतना कार्यक्रम र एनटिभी प्लसबाट हास्यब्यंग्य टेलिश्रृंखला कुरा मात्र भो प्रस्तुत गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्