Techie IT
शनिबार, वैशाख ६,२०८२

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज पनि बढ्यो सुनको मूल्य, #प्रतितोला कति पुग्यो भाउ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545