Techie IT
शुक्रबार, वैशाख ५,२०८२

आज राति हिमपात र वर्षाको सम्भावना :मौसम पूर्वानुमान महाशाखा


मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनमा लेखिएको छ , ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।’

मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली छैन । भने, देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मौसम पूर्वानुमान महाशाखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545