संखुवासभाका क्लबलाई कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष न्यौपानेले दिए खेलकुद सामग्री

खाँदबारी । कोशी प्रदेश फुटबल समितिका उपाध्यक्ष शिव न्यौपानेले संखुवासभाका फुटबल क्लवहरुलाई खेलकुद सामग्री उपलब्ध गराएका छन् । खाँदबारीमा एक कार्यक्रमको आयोजना गरि जिल्ला फुटबल संघमा आवद्ध १८ क्लवलाई फुटबल र टिसर्ट उपलब्ध गराएका हुन् ।
संखुवासभाका ८ वटा ए डिभिजन फुटबल क्लव र १० वटा बि डिभिजन क्लवहरुलाई दुई दुई थान फुटबल र एक एक थान टिसर्ट उपलब्ध गराएको हो । क्लवहरुसँगै खेलकुद सम्बद्ध विभिन्न ब्यक्तिहरु तथा संस्थाहरुलाई समेत टिसर्ट उपलब्ध गराएका छन् ।
खाँदबारी स्थित होटल होराईजनमा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता तथा एन्फा लिग कमिटिका उपाध्यक्ष गौरिमान राईको विशेष उपस्थितिमा खेलकुद सामग्री वितरण गरिएको हो । जिल्ला फुटबल संघको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महेश थपलियाले खेलकुद सामग्री उपलब्ध गराएकोमा आभार ब्यक्त गरेका छन् । यो कार्यले जिल्लाका खेलालीहरुलाई हौसला मिल्ने उनले बता । फुटबल खेलाडीहरुका लागि जिल्लामा प्रशिक्षकको आवश्यकता रहेकोले सम्बन्धित निकायबाट उपलब्ध हुने प्रशिक्षणमा संखुवासभालाई पनि विशेष महत्व राख्नु पर्ने समेत थपलियाले बताए ।
फुटबल संघ कोशी प्रदेशका उपाध्यक्ष न्यौपानेले गत बर्ष पनि खेलकुद सामग्री उपलब्ध गराएका थिए। खाँदबारी नगरपालिका ३ घर भएका न्यौपाने विगतमा एड्भान्स क्लव मानेभञ्ज्याङमा आवद्ध थिए ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्