Techie IT
शनिबार, वैशाख ६,२०८२

नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता खाँदबारीमा सुरु


खाँदबारी । संखुवासभाको खाँदबारीमा आजबाट नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु
भएको छ । प्रतियोगिताको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उद्घाटन गर्नुभयो ।


प्रतियोगितामा संखुवासभाका नौ सहित धनकुटाको चुलाचुली युवा क्लब, मोरङको बेलबारी फुटबल क्लब र
सुनसरीको पाथीभरा फुटबल क्लब सहभागी भएको आयोजक एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले
बताउनुभयो । राईका अनुसार प्रतियोगिता कार्तिक १२ गते सम्म सञ्चालन हुनेछ ।


खाँदबारी नगरपालिका वडा न ३ मा रहेको महेन्द्र मावि मानेभञ्ज्याङको खेलमैदानमा सुरु भएको
प्रतियोगिताका विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाईनलका
२ टिमले जनही नगद २५ हजारका पाउनेछन् । सर्वाेकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक
गोलकर्ताले जनही नगद ५ हजार पाउनेछन् ।

उद्घाटन खेलमा खाँदबारी युथलाई ३–२ गोलले हराउदै सेकाहा सामुदायिक क्लब दोश्रो चरणमा प्रवेश गरेको
छ ।
———


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545