त्रियुगा नदी कटान क्षेत्रको मन्त्री खड्का द्वारा स्थलगत निरीक्षण

मन्त्री खड्काद्धारा त्रियुगा नदी कटान क्षेत्रको स्थलगत निरीक्षण
उदयपुर, ६ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री खड्काले आज उदयपुरस्थित त्रियुगा नदी, वरुवा नदी, कोसी नदीलगायतमा आएको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बिच जनताको आवश्यकतालाई पुरा गर्न सरकार लागेको बताउनुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकांक्षालाई क्रमागत ढंगले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् उदयपुर क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा वर्षेनी ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकार लाग्नुपर्ने बताउनुभयो ।
निरीक्षणमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, #उर्जा, #जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, #निरिक्षण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्