काठमाडौका नदी खोला किनारको मापदण्ड बिरुद्ध एमालेको जुलुस टोल टोलमा हस्ताक्षर अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाको नदी किनारको मापदण्डबारेको बहस यतिबेला यतिबेला निकै उत्कर्षमा छ । सडकदेखि सदनसम्म नै यो चर्चाको विषय बनिरहेको छ । काठमाडौं उपत्यकाको विभिन्न नदी किनारको मापदण्डबारेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ र काठमाडौ महानगरको सूचना सार्बजनिक भएपछी सत्तारुढ दलहरुनै फैसलाको विरोध गरिरहेका छन् । सत्तारुढ दल नै किन फैसलाको विरोधमा उत्रिरहेका छन् ।
काठमाडौं उपत्यकाको नदी किनाराको मापदण्डबारे सर्वोच्च अदालतको पूर्णपाठ आएपछि नदी किनारका बासिन्दा मात्र होइन, सत्तारुढ राजनीतिक दलहरु नै यतिबेला फैसलाको विपक्षमा उभिएका छन् ।
यसै क्रमममा ने कपा एमाले काठमाडौ जिल्ला कमिटिको अगुवाईमा नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन माग गर्दै बागमती र मनोहरा किनारमा जुलुस निकालिएको छ । काठमाडौं वडा नम्बर ३२, दोभान पुलमा भेला भएर आज बिहान एमाले वडा कमिटीले नाराबाजी गरेको छ ।
सर्वोच्च अदालतले खोला किनाराको मापदण्डको सवालमा गरेको फैसलाको पुनरावलोकन एमाले ३२ वडा कमिटीले हस्ताक्षर कार्यक्रमसहित र्याली निकालेको बताइएको छ । कमिटी अध्यक्ष राजेन्द्र न्यौपानेको नेतृत्वमा निकालिएको र्यालीका सहभागीहरु हस्ताक्षरसहित दोभान पार्कदेखि नरेफाँट हुँदै जडिबुटी तरकारी बजार पुगेको थियो ।
सहभागीहरुले भोलि पनि पेप्सिकोलाको मनोहरापुलदेखि जडिबुटीसम्म हस्ताक्षरसहित जुलुस निकाल्ने बताएको छ ।
काठमाडौका प्रत्येक वडाहरुमा हस्ताक्षर संकलन
यसै बिच काठमाडौं उपत्यकाको नदी किनाराको मापदण्डबारे काठमाडौका प्रत्येक वडाहरुमा हस्ताक्षर संकलन सुरु गरेको छ । नदि आसपासका करिव ६ लाखजना बिस्तापित हुने भन्दै एमालेले टोल टोलबाट हस्ताक्षर अभियान सुरु गरेको एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाको भनाई छ ।
यसै बिच एमालेको यो अभियानलाई नेपाली कांग्रेस सहित बिभिन्न दलहरुले एमाले यो अभियानलाई सर्मथन गर्दे आइरहेका छन ।
काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यका भित्रका खोला मापदण्डको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमा पुनरावलोकनमा जान सङ्घीय सरकारसँग माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरपालिकाको ३१, #दीपक निरौला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्