Techie IT
शुक्रबार, वैशाख ५,२०८२

उर्जामन्त्री खड्का गृहजिल्ला संखुवासभामा : जिल्लाबासीबाट भब्य स्वागत (तस्बिर सहित )


संखुवासभा : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पहिलो पटक सोमबार गृहजिल्ला संखुवासभा आइपुग्नु भएको छ । उर्जामन्त्री खड्काले खाँदबारी नगरपालिका कार्यालयमा कार्यकर्ता संग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै जिल्ला समन्वय समितिले आयोजना गर्ने सर्वदलिय सर्वपक्षिय कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।


मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारीहरु सहित १७ जनाको टिम संखुवासभा आइपुगेको स्वकीय सचिव भुपालमान बस्नेतले बताउनुभयो । उहाँलाई संखुवासभाको तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुब्र खड्का, नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्त गौलीलगायत संखुवासभाका जनप्रतिनिधी तथा जिल्लाबासीले स्वागत गरेका थिए । स्वागत गर्ने स्थानीय भेषभुसामा सुसज्जीत पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #उर्जा मन्त्री दिपक खड्का, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545