Techie IT
शुक्रबार, वैशाख ५,२०८२

ढुङ्गा झरेर अरूण तेस्रोकाे एक मजदुरकाे मृत्यु


खाँदबारी, १० भदौ । संखुवासभाको मकालु गाउँपालिका ५ मा निर्माणाधिन नौ सय मेगावाटकाे अरुण तेस्रो जलबिधुत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरकाे ढुङ्गा खसेर मृत्यु भएकाे छ ।
अरुण तेस्रो आयोजनाको बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ बर्षीय तुलसीराम थारु आईतबार साझ  माथिबाट ढुङ्गा झरेर घाईते भएका थिए । उनकाे उपचारका क्रममा साेमबार बिहान साढे १ बजे  मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो ।
हालसम्म अरूण तेस्राेकाे काम करीव ७५ प्रतिशत  सम्पन्न भईसकेकाे छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #अरुण तेस्रो, #मजदुर मृत्यु, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545