सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजना चाडो सम्पन्न गर्न उर्जामन्त्री खड्काको आग्रह

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।
सङ्खुवासभाबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभा लगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने समेत बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अरुण तेश्रो, #आयोजना निर्माण, #उर्जा मन्त्रालय, #उर्जामन्त्री दिपक खड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्