सोलुखुम्बुमा आएको बाढीको घटनाप्रति उर्जामन्त्री खड्का द्वारा दुःख व्यक्त

काठमाडौँ । सोलुखुम्बुमा आएको बाढीले पु¥याएको क्षतिको घटनाप्रति उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत मन्त्री खड्काले आज दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा आएको बाढीका कारण सोलुखुम्बुको विभिन्न वस्तीमा पु¥याएको क्षतिको घटनाले आफूलाई अत्यन्त दुःखीत बनाएको बताउनुभयो ।
उहाँले खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका कारण एक्कासी हिमतालहरु फुट्दा भएको उक्त घटनाले नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर पुगेको उल्लेख गर्नुभएको छ ।
मन्त्री खड्काले उक्त घटनाका कारण खुम्बु क्षेत्रको आर्थिक गतिविधीमा समेत असर पु¥याएको बताउनुभयो । उहाँले यस दुःखद घडीमा संयमता अपनाउन आम सोलुखुम्बुबासीलाई अनुरोध गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जामन्त्री दिपक खड्का, #दुख ब्यक्त, #बाढी, #सोलुखुम्बु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्