पाँचखपनको भर्तिवालडाँडामा अस्थाई प्रहरी चौकी स्थापना
पाँचखपनको भर्तिवालडाँडामा अस्थाई प्रहरी चौकी स्थापना
खाँदबारी- संखुवासभाको पाँचखपन नगरपालिका–९ स्थित भर्तिवालडाँडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ग्रामिण भेगमा अपराध न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्न पोष्टको स्थापना गरिएको हो ।
प्रहरी पोष्ट गाउँमै स्थापना भएपछि पाँचखपन नगरपालिका वडा न ८ र ९ का स्थानीयलाई इलाका प्रहरी कार्यालय वाना जानुपर्ने बाध्यता हटेको छ । उक्त भर्तिवालडाँडा अस्थाई पोष्टको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले उद्घाटन गर्नुभयो ।
स्थानीयको माग र पाँचखपन नगरपालिकाको बिशेष पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि कम गर्न पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।उक्त कार्यक्रममा बोल्नु हुँदै पाँचखपन नगरपालिका नगर प्रमुख बिपिन राईले निरन्तर प्रयास पछि स्थापना भएको नयाँ अस्थायी प्रहरी पोष्ट लगायत नगरपालिका क्षेत्र भित्र रहेका अन्य प्रहरी कार्यालयहरुलाई आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था पालिकाले गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
इलाका प्रहरी कार्यालय वानाबाट अन्दाजी २ घण्टा ३० मिनेट पैदल दुरीमा रहेको उक्त अस्थायी प्रहरी पोष्टमा तत्काल प्रहरी हवलदार बल बहादुर भुजेलको नेतृत्वमा ५ जनाको टोली रहने जनाइएको छ ।
—
तस्बिर: जिल्ला प्रहरी कार्यालय संखुवासभा
क्याटेगोरी : समाचार
ट्याग : #अस्थाई प्रहरी पोष्ट स्थापना, #जिल्ला प्रहरी कार्यालय संखुवासभा, #पाचखपन नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्