Techie IT
शनिबार, वैशाख ६,२०८२

पाठेघर फुटेर शिसुको मृत्यु भएपछि सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार


खाँदबारी – जिल्ला अस्पताल संखुवासभाबाट पाठेघर फुटेर गर्भमा भएको शिसुको मृत्यु भएपछि आईतबार एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द ५ की ३३ बर्षीया नानीमैैया मगरलाई राष्टपति हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल संखुवासभाका डा प्रदिप श्रीवालका अनुसार आईतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको थियो । पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तिमा ४२ हप्ताको शिसुको मृत्यु भएको उहाँले बताउनुभयो ।

जिल्लामा उपचार संभव नभएपछि उनलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यबिधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो । उनलाई थप उपचारका लागि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पताल लगिएको छ ।


—-


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा, #सुत्केरी उद्दार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545