द्रुत गतिमा आयोजना सम्पन्न गर्न उर्जामन्त्री खड्काको आग्रह

द्रुत गतिमा आयोजना सम्पन्न गर्न उर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ, १६ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले तोकिएको समयभन्दा अगावै आयोजना सम्पन्न गर्न विदेशी कम्पनीलाई आग्रह गर्नुभएको छ ।
एमसिए नेपालले तनहुँको दमौलीमा निर्माण गर्न लागेको ४०० केभी क्षमताको ‘न्यू दमौली सबस्टेशन निर्माण’को सम्झौता कार्यक्रममा आज बोल्दै उहाँले समयभन्दा पहिले नै आयोजना सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।
उहाँले नेपालको उर्जा क्षेत्रको विकासका लागि नयाँ बन्न लागेको सबस्टेशनले सहयोग पुग्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर तोकिएको समयभन्दा पहिल्यै सम्पन्न गर्नुपर्ने बताउनुभयो । “नेपालको उर्जा क्षेत्रको निर्यातका लागि हामीले थुप्रै आयोजना निर्माण गर्न लागिरहेका छौँ, आयोजनालाई ढिलासुस्ती गर्ने होइन, चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,”– उहाँले भन्नुभयो ।
उर्जामन्त्री खड्काले नेपालले उर्जा क्षेत्रलाई मुख्य आयस्रोतका रुपमा अगाडि बढाएकाले उर्जा क्षेत्रको विकासका लागि एमसिए नेपालले गरेको साझेदारीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले ठूला दुई राजनीतिक दल मिलेर सरकार बनेकाले अब विकास निर्माणले गति समेत पाउने बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले नेपालको उर्जा क्षेत्रको विकासका लागि नयाँ बन्न लागेको सबस्टेशनले ठूलो सहयोग पुग्ने बताउनुभयो । नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न उक्त आयोजना सहयोगी हुने उहाँको भनाई थियो ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको विकासका लागि उक्त परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न उक्त परियोजनाले सहयोग गर्ने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जामन्त्री दिपक खड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्