संखुवासभाको दुर्गम मकालुमा प्रहरी चौकी स्थापना

संखुवासभाको दुर्गम मकालुमा प्रहरी चौकी स्थापना
खांदबारी- संखुवासभाको दुर्गम मकालु गाउँपालिका–४ कारमाराङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्यूनीकरण गर्न स्थानीयको मागअनुसार प्रहरी चौकी स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मकालु गाउँपालिकाको कारमाराङमा प्रहरी राखेपछि स्थानीय खुसी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट २ दिन पैदल हिँडेपछि कारमाराङ पुगिन्छ । केही घटना भए इलाका प्रहरी कार्यालय हेदांना संखुवासभाबाट पनि कम्तीमा ६ घण्टा पैदल हिँडेपछिमात्रै पुगिन्थ्यो । प्रहरी चौकी स्थापनासँगै हवल्दार यामेश्वर धिमालको नेतृत्वमा ५ जनाको टोली खटाइएको छ ।
—
क्याटेगोरी : समाचार
ट्याग : #कार्मारांग, #नेपाल प्रहरी, #प्रहरी चौकी स्थापना, #मकालु, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्