Techie IT
शुक्रबार, वैशाख ५,२०८२

घरेलुको सहयोगमा संखुवासभाका पत्रकारहरुलाई फोटो तथा भिडियोग्राफी तालिम


संखुवासभा । जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तथा क्षमता विकास तालिम सुरू भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाको आर्थिक सहयोग तथा नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाको संयोजनमा मंगलबार देखि फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम आयोजना भएको हो ।

प्रविधिको विकाससँगै पत्रकारलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न आविष्कार अनुसारको टेक्नोलोजीसँगै अपडेट हुन जरुरी भएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पत्रकारहरुले समय अनुकुल अपडेट हुनुपर्ने बताउर्दै आफू पनि पत्रकारिता पेशाबाट नै आएकाले पत्रकारको दुःखहरु बुझेको बताउनुभयो । थपलियाले खोजमुलुक पत्रकारिता गर्न सके जिल्लामा मात्रै नभएर केन्द देखि अन्तर्राष्ट्रियस्तर सम्म धेरै फराकिलो संम्भावना रहेको बताउदै त्यसतर्फ लाग्न अनुरोध समेत गर्नुभयो ।

जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ । जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमकुमार राईले बताउनुभयो । फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोजेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने नेपाल प्रेस यूनियन जिल्ला शाखा संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यले बताउनुभयो ।

फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी करिव ३० जना सहभागी छन् । तालिमको सहजीकरण फोटो पत्रकार द्वारिका काफ्ले र सुशील श्रेष्ठले गर्नुभएको छ । तालिममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा फोटो स्टुडियो व्यवसायीलाई पनि सहभागी गराइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, #फोटोग्राफी भिडियोग्राफी तालिम, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545