संखुवासभामा बाढीले ३ घर बगायो, विभिन्न स्थानमा क्षति, (तस्बिर सहित)
खाँदबारी, – संखुवासभाको खाँदबारी नगरपालिकाका बिभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ । करिव एकसय २५ भन्दा बढी घर विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।
खाँदबारी नगरपालिका ५ र ६ नम्बर वडामा आएको बाढीले कुलो बगौदा खेतिकिसानी गर्ने कम्तिमा १ सय १० परिवार प्रभावित भएको ६ न वडाका अधक्ष्य अर्जुन कुमार तामांगले बताउनुभयो । खेत र बारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टा खोला माथिको पक्कि पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालिन समस्या समाधानको पर्खाईमा बसेका छन् ।
बर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवश्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तिमा ३ करोढ बढीको क्षति पारेको अनुमान गरिएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा भइरहेको छ ।
त्यस्तै, अविरल बर्षाको कारण चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्ग अन्तर्गत मुढे–नुम र ठुलोढुंगा –अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।
क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #बाढी पहिरो, #बिस्थापित, #माल्टा, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्