खैरो हिरोईन सहित संखुवासभामा एक भारतीय पक्राउ

खाँदबारी । संखुवासभाको खाँदबारीबाट लागु औषध खैरो हिरोईन सहित एक भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुधबार खाँदबारीको बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्तका बर्ष ३० का एमडी साहेवजान रहेका छन् । साहेबजानबाट २.८ ग्राम लागु औषध खैरो हिरोइन र नगद बीस हजार रुपैयाँ बरामद गरिएको हो ।
भारतीय साहेवजानले केही समयदेखि लागु औषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
साहेबजान उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अवैध लागुऔषधसहित भारतीय पक्राउ, #नेपाल प्रहरी, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्