बालेनलाई योगेश भट्टराईको चेतावनी : संयमता नगुमाउनुस्

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’
संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे ।
नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’
काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’
संसद्मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्