नेपाल पत्रकार महासंघ संखुवासभामा तालाबन्दी

संखुवासभा । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
सोमबार पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरणको नाममा क्रियाशिल पत्रकारहरुको सदस्यता हटाएको विरोधमा संखुवासभाका चारवटा संस्थाहरुले तालाबन्दी गरेको हो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली कार्यालयमा संखुवासभाका चार वटा संस्थाहरु प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समुहले संयुक्त रुपमा तालाबन्दी गरेको हो । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरु रहेकोमा २०८० बैशाख १८ गते बसेको बैठकद्धारा ३३ जना सक्रिय पत्रकार सदस्यहरुको नवीकरण गर्न केन्द्रमा सिफारिस गरिएकोमा शुद्धिकरणको नाममा सदस्यता हटाएको पूर्ण असहमती जनाउदै विरोध स्वरुप तालाबन्दी गरिएको जनाएको छ ।
जिल्ला शाखाबाट पठाएको नामावलीलाई हुबहु कार्यन्वयन गरी सदस्यता नवीकरण दिन हुन समेत विज्ञप्ती मार्फत गर्न आग्रह गरेका छन् । माग सम्बोधन नभए पत्रकार महासंघका केन्द्रीय कार्यालयले गरेको गैरजिम्मेवार कदम विरुद्ध जिल्लाका पत्रकारहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यस सिर्जित बिषम परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ प्रदेश र केन्द्रीय कार्यालयले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तालाबन्दी, #नेपाल पत्रकार महासंघ, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्