नि:शूल्क स्वास्थ्य शिविरमा १ हजार ४ सय जनाले लिए सेवा

पाख्रीबास- धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा तीन दिने बृहत् निः शूल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार चार सय जनाले सेवा लिएका छन् पाख्रीबास नगरपालिकाको आयोजना र हेल्पिङ्ग हेन्डस् हेल्थ एण्ड एजुकेशन युएसएको विशेष सहयोगमा शुक्रबार देखि सञ्चालन भएको निस्शुल्क स्वास्थ शिबिर आईतबार सम्पन्न भएको हो ।

शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ सेवा, विशेषज्ञ द्वारा भिडियो एक्सरे, जनरल मेडिसिन सेवा, निःशूल्क ल्याव सम्बन्धी सेवा, आखाँ जाँच तथा निशूल्क चश्मा बितरण, दन्त रोग लगायतका सेवाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
पाख्रीबासको आधारभूत अस्पतालमा संचालित स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर कविता अधिकारीको नेतृत्वमा वरिष्ठ मनोरोग विशेषज्ञ सन्जिब चन्द्र गौतम, वरिष्ठ रेडियोलोजिष्ट मनिराज सापकोटा लगायतका स्वास्थकर्मीहरुले सेवा दिए ।

पाख्रीबास नगर स्वास्थ शाखाले आयोजना गरेको शिविर समापन कार्यक्रममा बोल्नुहुँदै हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले आफु अमेरिकामा रहेपनि आफुले सेवा गर्ने ठाँउ नेपाल मात्रै भएकाले अव सवै ध्यान नेपालमा केन्द्रीत गर्ने बताउनुभयो । नेपालमा आएर सेवा गर्न पाउँदा आफु खुशी हुने उहाँको भनाई छ ।
निशूल्क स्वास्थ्य शिविरमा प्राविधिक सहयोग मनकामना हस्पिटल तुम्लिङटार सङ्खुवासभाले गरेको हो ।





क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #धनकुटा, #पाख्रीबास, #मनकामना अस्पताल, #संखुवासभा, #स्वास्थ शिबिर, #हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेसन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्