प्रेस युनियन कोशी प्रदेशले १ करोडको अक्षयकोष स्थापना गर्ने
युनियनको ३३ औं स्थापना दिवसको अवसरमा जेठ १० गते विराटनगरमा विशेष समारोहमा हुने
विराटनगर – नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ ।
कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताउनु भयो । उहाँका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने अध्यक्ष नवोदितले बताउनुभयो ।
यससँगै देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आह्वान गरिनेछ । ‘दुर्घटनामा परेर हातखुट्टा भाँचिनुका साथै अन्य बिरामी भएर एक–दुई महिनासम्म काम गर्न नसक्ने अवस्था पनि आउँछ । त्यस्तो अवस्थामा २० हजार सहयोग गर्न सकियो भने बिरामीका लागि ठूलै राहत हुन्छ,’ अध्यक्ष नवोदितले भन्नुभयो, ‘त्यसका लागि कार्यविधि बनाइनेछ । पारदर्शीका लागि स्मारिका र सामाजिक सञ्जालबाट रकमसहित सहयोग गर्नेहरूको नाम सार्वजनिक गरिनेछ ।’
प्रदेशभित्रै युनियनमा लामो समय काम गरेर धेरै सञ्चारकर्मी विदेशमा रहेको बताउँदै नवोदितले उनीहरुबाट पनि सहयोगको आश्वासन आएको बताउनुभयो। धेरै युनियनकर्मीहरु सरकारी सेवामा पनि भएकाले पवित्र उद्देश्यले सुरु गरिएको अभियानमा सबैको साथ रहने उहाँले विश्वास व्यक्त व्यक्त गर्नुभयो । ‘आजको भोलि अक्षयकोषले पूर्णता नपाउला तर सुरुवात गरेपछि कुनै न कुनै दिन पक्कै पूर्णता पाउनेछ,’ अध्यक्ष नवोदितले भन्नुभयो । अक्षयकोषले पूर्णता पाएपछि जिल्ला शाखाको सिफारिसमा प्रदेशभरिका युनियनमा आबद्ध पत्रकारहरुको दुर्घटना बिमासमेत गर्ने योजना रहेको अध्यक्षले जानकारी दिनुभयो ।
सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव संजीव वाग्ले र सचिव विनय बाह्राकोटी रहेका छन् । कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए । सोही बैठकले स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेले बताउनुभयो । त्यस्तै युनियनका कोशी प्रदेशका १४ जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघ जिल्ला अध्यक्ष, कोशी प्रदेशबाट प्रेस युनियन र पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको उपस्थितिमा प्रदेश भेलासमेत आयोजना हुनेछ ।
त्यस्तै सचिव विनय बाह्राकोटीको नेतृत्वमा गठन गरेको कार्यदलले १४ वटै जिल्लाको युनियन र पत्रकारिताको अवस्था समेटेर तयार पारेको प्रतिवेदन अध्यक्ष नवोदितलाई हस्तान्तरण गर्नुभयो। बाह्राकोटीको संयोजकत्वमा यसअघिको सचिवालय बैठकले ‘मिसन महासंघ’ नाम दिएर समिति गठन गरेको थियो ।
#साभार_बिराटपोष्ट
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #कोशी प्रदेश, #बिराटनगर, #बिराटपोष्ट
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्