संखुवासभाको मुडेबजारमा आगलागीबाट एक करोड बढीको क्षति

खांदबारी – संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुढेबजारमा दुईवटा घरमा आगलागी हुँदा करिब एक करोड ४८ लाख रुपैयाँबराबरको क्षति भएको छ।
बिहिबार राती साढे ९ बजेतिर स्थानीय रुद्र जिमीको घरमा आगलागी हुँदा यति ठूलो क्षति भएको हो। घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोककुमार जबेगूले बताउनुभयो ।
उहाँका अनुसार आगलागीबाट ढुंगामाटो र जस्ताको छानो भएको रुद्र जिमीको दुईवटा घर पूर्ण रूपमा नष्ट भएका छन्। घरभित्रको अन्नपात र लत्ताकपडासमेत नष्ट भएको छ।
आगलागीबाट मानवीय तथा पशुचौपायको क्षति भने भएको छैन। स्थानीय र प्रहरीको सहायतामा घरभित्र रहेका अधिकांश महत्वपूर्ण सामग्री सुरक्षित रूपमा निकालिएको प्रहरीले जनाएको छ।
मुढे प्रहरी चौकी र चैनपुर इलाका प्रहरी कार्यालयबाट थप प्रहरी र सशस्त्र प्रहरी टोली खटीएको थियो । मुढे बजार व्यापारीक क्षेत्र भएकाले टाँसिएको बाक्लो घरहरू छ । त्यहाँ एक घरबाट अर्को घरमा आगो फैलिएमा धेरै क्षति हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो। त्यहाँका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रण गर्न नसक्ने भएपछि छिमेकी जिल्ला तेह्रथुमको लालीगुराँस नगरपालिका र म्याङलुङ नगरपालिकासँग समन्वय गरी दमकल झिकाएपछि राति करिब २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उक्त घरको सटर तथा कोठा भाडामा लिई सुनचाँदी पसल, मोबाइल, इलेक्ट्रोनिक पसल तथा ‘हाम्रो बचत तथा ऋण सहकारी संस्था’ सञ्चालनमा रहेको थियो। सोही कारणले क्षति धेरै भएको हो।
पछिल्लो समय संखुवासभामा आगलागीको घटना अत्यधिक बढेको छ । यो साता मात्रै आधा दर्जनभन्दा बढी घरहरू जलेर नष्ट भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घरमा आगलागी, #मुडेबजार, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्