Techie IT
शनिबार, वैशाख ६,२०८२

चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


खांदबारी – संखुवासभाको चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजेतिर चिचिला गाउँपालिका–२ छयाङकुटी गोगनेनजिकै प्र.१–०२–००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै नै मृत्यु भएको छ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका– २ का ३२ वर्षीय दाबा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताउनुभयो । उहाँको अनुसार चिचिला–५ देवीटारमा सामान पुर्‍याई खाँदबारी फर्किने क्रममा चिचिला–२ छयाङकुटी गोगनेनजिकै ट्याक्टर ब्रेकफेल भई दुर्घटना भएको हो।

ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी सहचालक चिचिला–२ का लाक्पा रिञ्जिन शेर्पा सामान्य घाइते भएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्याक्टर दुर्घटना, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545