टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग
दाङ, वैशाख १० गते । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेश गर्नुभएको छ ।
सांसद मास्कीले मन्त्री पुनलाई आइतबार सो मागपत्र पेस गर्दै सङ्घीय सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सो विमानस्थल स्तरवृद्धिको आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्न माग गर्नुभएको हो ।
टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश राजधानीको एउटा महत्त्वपूर्ण संरचना रहेकाले यसको विस्तार आवश्यक रहेको भन्दै अर्थमत्री पुनलाई ध्यानाकर्षण गराएको सांसद मास्कीले राससलाई जानकारी दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पुनले टरिगाउँ विमानस्थलका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको पनि सदस्य मास्कीले बताउनुभयो।
यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने रु १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ ।
धावनमार्गलाई ७२ सिटे जहाज बस्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने र नियमित उडान गरी भाडादर कम हुनुपर्ने माग स्थानीयको रहेको छ । यो विमानस्थल दाङको समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य मास्कीको भनाइ छ । विसं २०११ देखि सुरु भएको नेपालकै पुरानोमध्येको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा स्थानीयलाई असुविधा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
तपाईको कमेन्ट लेख्नुहोस्