तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं, वैशाख ३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला सात सय रुपियाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ ।
शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपियाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपियाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपियाँ निर्धारण भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तोलामा सात सयले बढ्यो सुनको मूल्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्