संखुवासभामा यहि चैत्र २३ र २४ गते दुई दिन विश्वशान्ति पूजा आयोजना हुने
संखुवासभा । विश्व शान्तिको कामना गर्दै पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा दुई दिने विश्वशान्ति तथा आयुसाधना आराधना पूजा हुने भएको छ ।
आइतबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्ति पूजाको बारेमा जानकारी दिएको हो ।
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको मुख्य ब्यवस्थापन तथा नेपाल शेर्पा संघ, तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद, भोटिया समाज, शाक्य समाज, नेवाः देयाः दबु, तामाङ घेदुङ संघ र मगर संघ लगायतका संखुवासभाका बौद्ध धर्मालम्बी ७ वटा जातीय संस्थासंघहरु संयुक्त आयोजनामा दुई दिने विश्व शान्ति पूजाको आयोजना गरिएको मुल ब्यबस्थापन समितिका संयोजक, बरिष्ठ समाजसेवी तथा हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक नारायण श्रेष्ठले बताए ।
उनले विश्वमा भईरहेको हिंसात्मक गतिविधीहरुको अन्त्य गर्न र आममानिसहरु शारिरिक तथा मानसिक रुपमा समेत स्वस्थ रहन विश्व शान्तिको कामना गर्दै पूजा आयोजना गरिएको बताए । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै लगानी गरे अव धार्मिक पर्यटनको बृद्धि गर्नका लागि पूजा आयोजना गरिएको हो । यसअघि यहि ठाउँमा हिन्दु परम्परा अनुसार ठूलो पूजा आयोजना गरे, अहिले बौद्धको गदैछु, सबै धर्म हाम्र्रा लागि समान हुन भन्ने सन्देश दिन पनि यो पुजाको आयोजना गरिएको हो । सबै सहभागी बनौं, आर्शिवाद लिन आउनु होला भन्ने अपिल गर्दछु ।’—समाजसेवी श्रेष्ठले भने ।
लामो समयदेखि अमेरिका बस्दै आएका समाजसेवी श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै ठूलो लगानी गरेका छन् । मातृभूमिको मायाँको कारणले नै संखुवासभाको विकास र समृद्धिका पर्यटन पनि महत्वपूर्ण पाटो भएकाले धेरै भन्दा धेरै मानिसहरुलाई जिल्लामा कसरी भित्राउने भनेर लागि परेको श्रेष्ठको भनाइ छ ।
यहि चैत्र २३ र २४ गते खाँदबारीको सूर्य बोडिङ्गको प्रागंढमा विश्वशान्ति तथा आयुसाधना आराधना पूजा कार्यक्रम हुन लागेको हो । उक्त पूजा रिन्पोछे गुरु सहित लुम्बिनीबाट ६ जना मुख्य लामागुरुको उपस्थिती रहने छ भने जिल्ला तीन दर्जन भन्दा बढि लामाहरुको सहभागीता रहने बताइएको छ । उक्त कार्यक्रमको पूर्वतयारीको लागि चरणबद्ध रुपमा अगाडी बढेको र मुलसमिति र उपसमितिद्धारा पूर्वतयारीको काम भईरहेको मुल आयोजक समितिका सदस्य छिरिङ शेर्पाले जानकारी दिए ।
उनको अनुसार, हिमाली जिल्ला डोल्पामा पुनर्जन्म भएका डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेबाट धर्म–देसना स्वरूप चावासुम (लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी) त्रित्नमूल गुरूहरूको संयुक्त रुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुई दिवसीय विस्तृत पुजाको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा रिन्पोछे निर्देशित पहाडमा सुरक्षित गरि राखेको ५०१ निधिहरूबाट मानव समुदायको निमित्त दिर्घायु तथा बुद्धत्वमार्गबारे बुद्ध वचनद्वारा दिक्षित गरिने बताइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन सत्रमा जिल्लाका विभिन्न जातीय संघसंस्था र धर्मगुरुबाट पाठ गदै र्याली समेत निकालिने भएको छ । उनीहरुले बौद्ध धर्मालम्बीहरुको कार्यक्रम भएकाले सबै बौद्ध धर्मालम्बीहरु धर्मालम्बी एकै ठाउँमा भेला भई विश्वशान्तिको कामना गर्नुपर्नेमा जोड दिदै अन्यन्तै महत्वपूर्ण कार्यक्रम भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #खादबारी, #खांदबारी युथ क्लब, #रानाग रिन्छेन रिम्पोछे, #विश्वशान्ति पूजा आयोजना, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्