Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभामा भ्रष्टाचारका उजुरी बढ्यो

साउन महिनायता ८६ वटा भ्रस्टाचारका उजुरी


खाँदबारी- संखुवासभामा भ्रष्टाचारका ८६ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी खाँदबारीमा बुधबार गरिएको कार्यक्रममा अख्तियारले संखुवासभामा पनि भ्रष्टाचारका उजुरी बढेको बताएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार साउनयता संखुवासभामा ८६ वटा उजुरी परेका हुन् । सरकारी कार्यालय र स्थानीय तहका ८६ वटा उजुरी परेको हो ।
पछिल्लो समय सरकारी कार्यालयमा भ्रष्टाचार बढेको भन्दै सरोकारवाला निकायलले चासो व्यक्त गरेका छन् । उनीहरुले राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता तथा खबरदारीयुक्त जनदबाबबिना भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारणा राखे ।

स्थानीय तहले प्रभावकारी ढंगले काम नगर्दा भ्रष्टाचार बढेको आयोगका आयुक्त हरि पौडेलले बताए । पौडेलले स्थानीय तहको नियम र परिधीभित्र रहेर काम गरेमात्र सुशासन ल्याउन सकिने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #भ्रष्टाचारका उजुरी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545