Techie IT
बुधबार, माघ २३,२०८१

नेपाली सेनाको केवल जंग गुल्म द्धारा स्टेसनरी र खेलकुद सामाग्री वितरण


संखुवासभा – नेपाली सेनाको केवल जंग गुल्म हेदाङ्नागढीले संखुवासभाको सिलिचोङ गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको केवल जंग गुल्मले जिल्लाको सिलिचोङमा जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरेको हो ।

केवल जंग गुल्मले आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको केवल जंग गुल्मका मेजर बिमल अधिकारीले जानकारी दिए । उनको अनुसार प्रकृति संरक्षणको महत्व तथा संरक्षण कार्यमा नेपाली सेनाको भुमिका र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो । नेपाली सेनाको जनहित कार्य अन्तरर्गत जनचेतनामुलक कार्यक्रम गरिएको मेजर अधिकारीले बताए ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम तथा बाल कक्षादेखी कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरु ७५ जनालाई स्कुल ब्याग (झोला ) वितरण गरिएको सह–सेनानी निश्चल पराजुलीले बताए । त्यस्तैगरी सोही विद्यालयमा खेलकुद सामाग्रीहरु समेत वितरण गरिएको सह–सेनानी पराजुलीले बताए । वार्षिक कार्यक्रम अन्तरर्गत जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री हस्तान्तरण गरेको केवल जंग गुल्म हेदाङ्नागढीले जनाएको छ ।

कार्यक्रममा सिलिचोङ गाउँपालिका शिक्षा शाखा प्रमुख, विद्यालय व्यबस्थापन समिति, बरुण राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नेपाली सेना, #संखुवासभा, #सहयोग, #सिलिचोंग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545