Techie IT
शुक्रबार, वैशाख ५,२०८२

राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने माओवादीको निर्णय


काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्षसमेत रहनुभएका प्रचण्डका भाइ नारायणलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उहाँ यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनित हुनुभएको थियो । उहाँको कार्यकाल चार वर्षको रहेको छ ।

राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:34 am6:31 pm +0545