Techie IT
आईतबार, वैशाख ७,२०८२

सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान


काठमाडौं, १८ फागुन । सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।

रिक्त रहेका प्राविधिक पदहरूमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो ।

प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ । जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्पान भएको छ ।

सशस्त्रले योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545