Techie IT
शनिबार, वैशाख ६,२०८२

मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ : रामहरि खतिवडा


काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती जहाज किन्ने बहानामा कमिसनको खेलमा लागेको आरोप लगाउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खतिवडाले जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरू भएको सूचना पाएको बताउनुभएको हो ।

‘भर्खरै वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन् । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नु पर्‍यो भनेर लाग्नुभएको छ । ‘थ्री हन्ड्रेड जी’ भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा झण्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेल सूरु भएको सूचना प्राप्त भएका छन्,’ खतिवडाले भन्नुभयो ।

खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागेको पनि टिप्पणी गर्नुभयो ।

कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्विर सार्वजनिक गर्ने पद्दतीको विकास गरेको बताउनुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ, #रामहरि खतिवडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545