Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, १० फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधि सभा बैठक बस्दै, #यस्तो छ कार्यसूची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545