महेन्द्रनगरबाट काठमाडौं आउदै गरेको बस दुर्घटना , १० जनाको मृत्यु , ३० घाइते

कपिलवस्तुको सुरईनाका खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका छन् ।
दुर्घटनाका घाइते भएकाहरू मध्ये सामान्य केहीको कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस महेन्द्रनगरबाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो ।
सुनाैलाे यातायात प्रालिको उक्त बस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै घटनास्थलबाट समयमै उद्धार गरेको छ । रातिदेखि नै आफूहरू उद्धारका लागि घटनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्