Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ विजयी


काठमाडौं, २६ माघ । नेकपा (एमाले) दोलखाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ ।

प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी श्रेष्ठले ३३३ मत पाउँदा उहाँका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाउनुभयो ।

एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी हुनुभएको छ । उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत पाउनुभयो ।

यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी हुनुभएको छ । खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाउनुभयो ।

उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545