Techie IT
आईतबार, वैशाख ७,२०८२

रवि लामिछानेको दाबी – चेक जम्मा भएको हो तर पैसा आएको छैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो बैंक खातामा १ करोड ८० लाख रुपैयाँ नआएको दाबी गरेका छन् ।

सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनको भनाई छ । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ’ उनले भने ।

पूर्व बैंकर अनिल केशरी शाहले पनि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको दाबी गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545