Techie IT
आईतबार, वैशाख ७,२०८२

नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे अध्यक्षमा याेगेन्द्र खनाल, सचिवमा यशाेदा चयन


 

गाेरखा। गाेरखाकाे भिमसेनथापा गाउँपालीका वडा नं ३ नाङ्गे मा खानेपानी आपूर्ति गर्दै आएको नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा याेगेन्द्र खनाल  चयन हुनुभएको छ । आइतबार सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैंटाै औ अधिबेशनले याेगेन्द्रको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको सचिवमा यशाेदा खनाल, कोषाध्यक्षमा भाेज कुमरी धमला चयन हुनुभएको छ । सदस्यहरूमा सेतु प्रसाद लामिछाने, कमलदेव खनाल, सुर्य प्रसाद खनाल, तिलक प्रसाद लामिछाने, बिन्दा धमला, र गाेमा रिमाल चयन हुनुभएको छ ।

अधिबेशन को भिमसेनथापा गाउँपालिका ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले उद्घाटन गर्नुभएको थियो । उहाँले संस्थाले गाँउबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा यस संस्थाले ३ नम्बर बडा नाङ्गे, बेलबाेटे क्षेत्रमा करिब ८० घरधुरीका ५०० सय जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष याेगेन्द्र खनालले संस्थाको सम्पूर्ण पक्षको बारेमा, सचिब यशाेदा खनालले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष भाेज कुमारी धमलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545