Techie IT
आईतबार, वैशाख ७,२०८२

हर्क सम्पाङले वीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश


विराटनगर, ५ माघ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाउनु भएको थियो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गर्नुभएको थियो ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरान उपमहानगरपालिका, #वीपी प्रतिष्ठान, #हर्क सम्पाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545