झापामा भेटिइन् दादुरा संक्रमित बालिका

विराटनगर, ५ माघ । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।
लक्षण देखिएपछि उहाँलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उहाँको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो ।
यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका ६ जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको छ । यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको छ ।
झापा गाउँपालिका–७ को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेको जनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसका साथै कसैमा दादुरा संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि कार्यालयले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #झापामा भेटिइन् दादुरा संक्रमित बालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्