Techie IT
शुक्रबार, वैशाख ५,२०८२

एमाले अध्यक्ष ओली सुर्खेत जाँदै


काठमाडौं, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत जाँदैहुनुहुन्छ ।

सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उप कुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले विद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम)को नवनिर्मित भवनको उद्घाटन गर्नुहुनेछ । सोही भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नुहुनेछ ।

यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन गर्नुहुनेछ । विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको सो कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले नै गर्नुहुने उपकुलपति सिंहले जानकारी दिनुभयो ।

यसबाहेक अध्यक्ष ओली र विश्वविद्यालयका विद्यार्थीबीच एक घण्टा अन्तरक्रिया कार्यक्रम समेत रहेको छ ।

अध्यक्ष ओलीले साँझमा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545